Headlines News :
Home » , » रेखा र रागिनीको रक्षा बन्धन विशेष

रेखा र रागिनीको रक्षा बन्धन विशेष

Written By kollywoodblockbuster on Thursday, August 2, 2012 | 10:47 AM

हुन त रेखा थापाले दुई बर्ष अघिनै यो फन्डा मचाईसकेकी थिईन् तर गत बर्षको भाईटिका र रक्षा बन्धनमा भने उनले सो निरन्तरतालाई अगाडी बढाउन सकिनन् । फेरी एक बर्षे ग्याप पश्चात रेखाले काठमाण्डू उपत्यकाका वाईसिएल ईन्चार्ज चन्द्र बहादुर थापा उर्फ सागरलाई आफ्नो हातले राखि बाँधिदिईन् ।

रेखालाई थाहा छ राखिको कल्चर हाम्रो हैन तर माया प्रेम साट्ने यो पवित्र दिनलाई उनी उसको र हाम्रो भन्न रुचाउदिदन् त्यसैले उनले वाईसिएल ईन्चार्ज थापालाई खुला हृदयले राखि बाँधिदिकी हुन् । 'मेरो दुई दाई मोरङमा रहेकाले उहाँरुको हातमा राखि बाँध्न नपाएपनि सागर दाईलाई बाँधिदिएपछि मन हलुका भएको छ', रेखाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् । उनले चाबहिल मित्रपार्क मेन हाईवेमा किनेको नयाँ फ्ल्याटमा आफ्नी आमाको उपस्थितिमा सागरलाई राखि बाँधिदिएकी हुन् ।

गत बर्ष सागरको परिवारमा जुठो परेका कारण भाईटिका समेत ब्रेक भएको उनीहरुको सम्बन्ध तेर्‍ह दिने दाजुबहिनीको पनि रहेको बताईएको छ । हिरो फेर्ने हिरोईनको ट्याग चेन्ज हुँदै दाई फेर्ने हिरोईनको रुपमा समेत परिचय बनाएकी रेखाले गत बर्ष डान्स डाईरेक्टर शंकर विसी तथा निर्देशक कमलकृष्ण पौडेललाई नयाँ दाई बनाएकी थिईन् तर ती दाईहरुले यो राखिमा आफूलाई नसम्झिएको रेखाले बताईन् । 'खै उहाँहरुले आज सम्झनु भएन तर सागर दाईले अस्ति देखि राखि बाँध्ने भनी रहनु भएको थियो अनि मैले बाँधिदिए', रेखाले भनिन् ।

रेखाले विगत एक दशक देखि हेयर ड्रेसर लोकेश थापालाई पनि आफ्नो दाई बनाउदै आएकी थिईन् तर विगत ३ बर्ष देखि रेखाको भाईटिका तथा राखि उनीसंग हुन छाडेको छ । 'सायद मेरा दाईहरुको धेरै नै बहिनीहरु छन् होला त्यसैले मसंग निरन्तरता नभएको', रेखाले भनिन् । पति छवि ओझासंगको डिभोर्स काण्ड सेलाएको अवस्थामा केही मौन रहेकी रेखा छवि ओझाको नयाँ प्रोडक्सन कम्पनीबाट बन्न लागेको फिल्म हमेसामा खेल्ने करिब निश्चित भएको छ ।
यस्तै आजै अर्की हिरोईन रागिनी खड्गीले नयाँ दाई बनाएकी छिन् । डेब्यू फिल्म प्लानमा काम गर्दादेखि भएको चिनजान दुईपश्चात औपचरिक रुपमा दाजु बहिनीको सम्बन्धमा परिणत भएपछि रागिनी दङ्ग छिन् । 'सिक्स फिट लाईफ' को सुटिङ सकिएको रेष्टमा रहेकी रागिनीले प्लानका कलाकार ध्रुव न्यौपानेलाई आफ्नो नयाँ दाई बनाएकी हुन् । 'उहाँको पुर्ख्यौली घर पनि हेटौंडा र मेरो पनि हेटौंडा भएकाले एक किसिमको निकटताले हामीलाई दाजु बहिनी बनायो', रागिनीले नयाँ दाई बनाएको बिषयमा भनिन् ।

रागिनीले आफ्ना दुई भाईका साथमा नयाँ दाई धुब्रलाई राखि बाँधिदिदै मनग्य उपाहार लिएको बताईन् । केही फिल्म र म्यूजिक भिडियोमा कलाकारिताको स्वाद लिएका धुब्र निर्माताको रूपमा टर्न हुँदैछन् । उनले पनि प्लानमा काम गर्दा देखि नै रागिनीलाई बहिनी भन्दै आएको तर आज औपचारिक रुपमा बहिनी भन्दै राखि बाँधेको बताए । धुब्रले अबको हरेक राखि र भाईटिकामा रागिनीसंगको साथ नछुट्ने तर्क दिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Template Information

 

Proudly powered by Blogger
Copyright © 2011. kollywoodblockbuster - All Rights Reserved
Template Design by Krishna Neupaney Published by KollyWoodBlockBuster