डिसीनेपाल डटकम संवाददाता – वैदेशिक रोजगारमा गएकाहरू र तिनका परिवारहरुमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको एक तथ्याङ्कले देखाएको छ ।
नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले सञ्चालन गरेको स्वैच्छिक रक्त परीक्षणको नतिजाबाट वैदेशिक रोजगारमा गएका र उनीहरूका परिवारजन एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको तथ्याङ्क बाहिर ल्याएको हो ।
परियोजनाले सञ्चालन गरेको स्वैच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्र (भिसिटी सेन्टर) मा भएको रक्त परीक्षणमा एचआइभी सङ्क्रमणको पुष्टि भएका ३० पुरुषमध्ये २७ जना वैदेशिक रोजगारीबाट फर्केका रहेका छन् ।
सङ्क्रमित १८ महिलामध्ये १० जना वैदेशिक रोजगारीबाट फर्केका सङ्क्रमित पुरुषका पत्नी भएको तथ्याङ्कमा उल्लेख छ ।
एचआइभी सङ्क्रमणका अन्य कारण भए पनि जिल्लाको तथ्याङ्कले भने असुरक्षित यौनसम्पर्कको कारणले नै सङ्क्रमण बढेको जनाएको छ ।
जिल्लामा कुल सङ्क्रमित ४८ जनामध्ये अहिले पाँच वर्ष मुनिकाका पाँचजना बालबालिका आमाको गर्भदेखि नै सङ्क्रमित पाइएको पनि उल्लेख छ ।
वैदेशिक रोजगारीका लागि भारत, मलेसिया, दुबई र अन्य मुलुक गएकाहरू असुरक्षित यौनसम्पर्कबाट एचआइभी सङ्क्रमित भएर फर्केपछि जिल्लामा सङ्क्रमणले डरलाग्दो रुप लिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
Home »
Filmy News
» विदेशबाट आएकाहरु र तीनका परिवारमा एचआइभीको उच्च जोखिम
विदेशबाट आएकाहरु र तीनका परिवारमा एचआइभीको उच्च जोखिम
Written By kollywoodblockbuster on Friday, August 3, 2012 | 9:02 AM
Labels:
Filmy News
0 comments:
Speak up your mind
Tell us what you're thinking... !