Headlines News :
Home » , » Exclusive : हिरोईन खिच्न मनोज केसीले ५१ हजार लिए : रोज राणा (अडियो सहित)

Exclusive : हिरोईन खिच्न मनोज केसीले ५१ हजार लिए : रोज राणा (अडियो सहित)

Written By kollywoodblockbuster on Sunday, April 29, 2012 | 12:36 PM

गत चैत्र १८ गते भएको नेफ्टा अवार्डमा खुसुक्क क्यामेरा छिराएर माहोललाई आफ्नो क्यामेरामा कैद गरेका रोज राणाले ती दृश्य खिच्न प्राविधिक संघका उपाध्यक्ष मनोज केसीलाई ५१ हजार तिरेको खुलाशा गरेका छन् । कडाईका साथ चर्चित फिल्मकर्मीलाई समेत निम्ता नपुगेको सो अवार्डमा रोजले ५१ हजारमा छ वटा पास मिलाएर सो माहोललाई आफ्नो क्यामेरामा कैद गर्न सफल भएको अडियो टेप फिल्मीखबरले सार्वजनिक गरेको छ । 

अपकमिङ फिल्म हिरोईनका लागि रोजले अवार्ड कार्यक्रम खिच्नु पर्ने थियो जसका लागि उनले ब्यक्तिगत रूपमा त्यत्रो क्राउड जम्मा गरी अवार्डलाई नेचुरल बनाउन मुस्किल पर्थ्यो । जसकारण रोजले निकाले जुक्ति र दिए ५१ हजार घुस । यो बिषयमा फिल्मीखबरले मनोज केसीलाई सोधेको थियो, 'तपाईले ब्यक्तिगत रूपमा एकाउन्न हजार लिएर रोजको फिल्मको  सुटिङ गर्न हेल्प गर्नु भएछ नि ?' जवाफमा मनोजले आफूलाई फसाउने रोजले चाल चलेको भन्दै उनलाई प्रतिबाद गर्ने बताए । यस्तै रोजले आफूले उनलाई ५१ हजार दिएको बिषयमा मिडियाको अगाडी समेत बोल्न पछि नपर्ने तर्क अघि सारेका छन् ।

यस्तै संघलाई थाहा नदिई ब्यक्तिगत रूपमा मनोज केसीले सो रकम लिएको पुष्टी भए विधान बमोजिम उनलाई कारबाही गर्ने प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले प्रतिक्रिया दिएका छन् । विवादले भरिएको नेफ्टा अवार्डमा रेखा थापाले रावणको म्यूजिक लन्च गर्नुलाई पनि विभिन्न दृष्टीकोणले हेरिएको छ । संयोजक सम्झना उप्रेतीले अवार्डमा कुनै पनि प्रोमोशनल गतिविधिलाई प्राथामिकतमा नराख्ने बताउदै आएकी थिईन् तर कार्यक्रममा रेखा फिल्म्सको फिल्म रावणको म्यूजिक वर्ल्ड प्रिमियर गरियो । सेडुल भन्दा बाहिरको लिष्टबाट रावणको म्यूजिक लन्च गर्न दिएको बिषयमा ठूलै विवाद पनि भयो । साथै सो प्रसङ्गलाई पनि विभिन्न कोणबाट पनि हेरिएको छ ।

जे होस् अहिलेको बिबाद भनेको मनोज केसी र रोज राणाको लेनदेन कै हो । यो लेनदेनको प्रक्रियाले कुन मोड लिने हो त्यो हेर्न बाँकी नै छ । हाम्रो फलोअप न्यूज जारी रहने छ तर अहिलेलाई सुनौ रोज राणा र मनोज केसीको ५१ हजार लेन देन प्रसङ्ग एक्सक्लुसिभ रूपमा साथमा महासचिवको प्रतिक्रिया पनि ।
 


नोट : सातौ फिल्मको रूपमा निर्माण हुन लागेको हिरोईन भन्ने फिल्ममा हिरोईन बन्ने सपना बोकेर संघर्ष गर्न आउने एक युवतीको कथा हो जसका लागि हरेक फिल्म मेकरको गतिविधिलाई रोजले क्यामेरामा कैद गरी आफ्नो फिल्ममा  समेटिरहेका छन् । उनले पहिलो पटक लुटको ५१ दिने रिलिज सक्सेस पार्टीमा गोप्य ढङ्गले सवै माहोल खिचेका थिए । जुन माहोलमा निशा अधिकारी कन्ट्रोभर्सीलाई उनको क्यामेराले पनि कैद गरेको गरेको प्रसङ्ग बाहिरिएपछी सुटिङको बिषयमा विभिन्न बहस भैरहेका छन् ।
 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Template Information

 

Proudly powered by Blogger
Copyright © 2011. kollywoodblockbuster - All Rights Reserved
Template Design by Krishna Neupaney Published by KollyWoodBlockBuster