
बाढीका कारण सयौ हेक्टर जमिनमा भर्खरै लगाएको धानबाली नष्ट भएको छ । बाढी प्रभावित क्षेत्रमा रातैभरि जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखा र चैलाही उपशाखाका कार्यकर्ताहरु उद्दारमा खटिएका छन् । बाढी गाउँमा पसेपछि विचल्लीमा परेका स्थानियवासीहरुलाई प्रहरीले उद्दार गरेको थियो ।
लगातारको पानीका कारण भालुवाङ्ग पुल्चोकमा रहेको राजकुमार खड्काको घर भत्किएको छ । घर भत्किदा खड्का घाईते हुनुभएको छ । क्षतिको यकिन विवरण भने आई नसकेको प्रहरी प्रमुख गणेशबहादुर ऐरले जानकारी दिनुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !